शुक्रबार, साउन ८, २०८३

प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य हुँदै

हिउँदे अधिवेशन अन्त्यसँगै सरकारले बजेट अधिवेशन डाक्ने तयारी गर्न लागेको हो।
 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं– सरकारले आज मध्यरातबाट प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने भएको छ। शुक्रबार १२ बजे मध्यरातबाट हिउँदे अधिवेशन अन्त्य गर्न लागिएको हो।

हिउँदे अधिवेशन अन्त्यसँगै सरकारले बजेट अधिवेशन डाक्ने तयारी गर्न लागेको हो। संसद् सचिवालयका अनुसार हिउँदे अधिवेशन अन्त्य गरेर केही समयपछि नयाँ अधिवेशन बोलाइनेछ।

संविधानमा १५ जेठभित्र अनिवार्य  बजेट ल्याउनुपर्ने प्रावधान रहेकाले त्यसअघि सरकारको नीति तथा कार्यक्रम, प्रिबजेट छलफल चलाउन सरकारले हिउँदे अधिवेशन अन्त्य गर्न लागेको हो।

४ मंसिरको निर्वाचन र १० वैशाखको उपनिर्वाचनमा विजयी भएका सांसद संसद्को हिउँदे अधिवेशनमा सहभागी भएका छन्। यो अधिवेशनले नयाँ सरकार निर्माणबाहेक अन्य उल्लेख्य काम गर्न सकेन।

हिउँदे अधिवेशनले सभामुख, उपसभामुख चयन गरिसकेको छ। सभामुख देवराज घिमिरेले सरकारबाट अधिवेशन अन्त्य गर्ने निर्णय भएको पत्र प्रतिनिधिसभामा सुनाउनेछन्। राष्ट्रिय सभाको अधिवेशन पनि अन्त्य हुनेछ।

प्रकाशित: Apr 28, 2023| 16:27 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्