बिहीबार, वैशाख ३१, २०८३

शपथकै दिन संसद् बैठकमा के भने स्वर्णिमले?

 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं- १० वैशाखमा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सांसद डा. स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेकै दिन संसद् बैठकमा बोल्ने अवसर पाएका छन्। आज सभामुखबाट शपथ लिएका वाग्लेले आजकै बैठकको शून्य समयमा बोल्ने मौका पाएका हुन्।

National life

त्यसक्रममा उनले आफूलाई भारी मत र मतान्तरसहित निर्वाचित गराउने तनहुँ-१ का मतदातालाई धन्यवाद दिँदै मतदाताको विश्वास डगमगाउन नदिने बाचा गरे।

साथै पृथ्वी राजमार्ग विस्तारका क्रममा राजमार्ग आसपासका स्थानीयले विभिन्न समस्या झेल्नु परिरहेको विषयमा सरोकारवालाको ध्यानाकर्षण गराए। 'पृथ्वी लोकमार्ग विस्तारका क्रममा घाँसी कुवासहितका संरचनाको उचित व्यवस्थापन गर्नुपर्ने देखिँदैछ,' उनले सम्बोधनका क्रमम भने। 

गत महिनामात्र नेपाली कांग्रेस त्यागेका वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका हुन्।
 

प्रकाशित: Apr 28, 2023| 14:25 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्