बिहीबार, वैशाख ३१, २०८३

अयोग्य माओवादी लडाकुलाई २ लाख नबाँड्न एमाले चेतावनी

प्रतिपक्ष एमालेले अनमिनले अयोग्य प्रमाणीकरण गरेका करिब ४ हजार बढी पूर्वमाओवादी लडाकुलाई २÷२ लाख रुपैयाँ बाड्ने निर्णय तत्काल खारेज गर्न माग गरेको हो।
 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कथित जनयुद्धमा सहभागी माओवादीका पूर्वलडाकुलाई प्रतिव्यक्ति २–२ लाख रुपैयाँ दिने निर्णयको सत्ता गठबन्धनभित्रै विरोध भइरहेका बेला त्यसमा प्रतिपक्षीसमेत असहमत भएको छ।

National life

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रतिपक्ष एमालेले अनमिनले अयोग्य प्रमाणीकरण गरेका करिब ४ हजार बढी पूर्वमाओवादी लडाकुलाई २/२ लाख रुपैयाँ बाड्ने निर्णय तत्काल खारेज गर्न माग गरेको हो।

प्रतिनिधिसभा बैठकमा सुरुको समय लिएर बोलेका एमाले प्रमुख सचेतक पदम गिरीले पूर्वमाओवादी छापामारलाई दिइन लागिएको भनिएको रकमबारे सरकारको ध्यानाकर्षण गराए।

आर्थिक संकटमा रहेको सरकारले वृत्तभत्तादेखि प्रदेश र स्थानीय तहको समानीकरण अनुदान कटौती गरेका बेला ४ हजार ८०० बढी पूर्वमाओवादी छापामारलाई २ लाख रुपैयाँको दरले रकम बाँड्न लागेकामा उनले हिसाबकिताब मागे।

पूर्वमाओवादी छापामारलाई बाँड्नकै लागि चालू आर्थिक वर्षमा १ अर्ब ४० करोड छुट्याइए पनि शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकार गम्भीर नभएको उनको आरोप छ।

सत्य निरुपण तथा मेलमिलापको काम थाती राखेर देशको ढुकुटीबा पैसा निकालेर धमाधम माओवादी कार्यकर्तालाई पैसा बाँड्न थालिएको उनको दाबी छ।

यसअघि अनमिनले पुनः प्रमाणीकरण गर्दा २ हजार ४५१ जना को थिए भन्ने यकिन नभएको अवस्थामा समेत प्रचण्डहरुले तिनको नाममा ९५ करोड रुपैयाँ गुपचुप पारेको एमालेसँग प्रमाण रहेको दाबी नेता गिरीले गरे।

प्रकाशित: Apr 28, 2023| 14:22 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्