बिहीबार, वैशाख ३१, २०८३

१० दलबाटै संघ र प्रदेशमा पालैपालो सरकारको नेतृत्व : माधव नेपाल

संघ र प्रदेशमा कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले गठबन्धनमा आबद्ध १० दलबाटै पालैपालो सरकारको नेतृत्व हुनुपर्ने नेता नेपालको माग।
 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं– सत्तारुढ नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले संघीय र प्रदेश सबै सरकारमा गठबन्धनका दलबाट पालैपालो नेतृत्व हुनुपर्ने बताएका छन्। हाल गठबन्धनमा १० दल आबद्ध छन्। 

National life

शुक्रबार जनकपुरधाममा समाजवादी पत्रकार संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले यो प्रदेश मेरो, त्यो प्रदेश तिम्रो भन्ने स्थिति नरहेकाले सबै सरकारमा गठबन्धनकारी दलहरुले नेतृत्व पाउनुपर्ने माग गरेका हुन्।

चितवन, तनहुँ र बाराको उपनिर्वाचनको परिणामले हालका देशका मुख्य मूलधारका पार्टी समयमै समीक्षासहित सुध्रिन सन्देश दिएकाले त्यसको तत्कालै समीक्षा र सुधार हुन आवयश्क रहेको उनको भनाइ छ। 

उनले अब ७० लागेका नेताले आराम गर्नुको विकल्प नरहेकाले आफूलगायत सबै पार्टीका वृद्ध नेतालाई पुस्तान्तरणका लागि आह्वान गरे। 

उनले समाजवादी मोर्चाका लागि अब पहल सुरु हुने बताए। माओवादी र जसपासँग मात्र होइन, विप्लव समूहसँग समेत कुराकानी भइरहेको बताउँदै उनले कम्युनिस्ट आन्दोलन बचाउन मोर्चा बनाइने दाबी गरे।

प्रकाशित: Apr 28, 2023| 14:00 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्