बिहीबार, वैशाख ३१, २०८३

सांसदको शपथपछि रविले भने- सरकारमा जाने सोच र वातावरण दुवै छैन

 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बताएका छन्। 

National life

शुक्रबार सिंहदरबारमा सांसद पदको शपथ लिएलगतै पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले सरकारमा जाने कुरामा कुनै सोचाइ नभएको र त्यस किसिमको वातावरण पनि नबनेको बताए। उनले सरकारलाई दिएको समर्थनको विषयमा के गर्ने सोच्नुपर्ने विषय भएको बताउँदै पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकमा यसबारे छलफल गरेर निर्णय लिने जानकारी दिए। 

आफ्नो दल अस्थिरताको पक्षमा नरहेको पनि स्पष्ट पार्दै उनले आफूले समर्थन पाइरहुँ भन्नका लागि न्यूनतम ठाउँ राख्नुपर्ने र त्यो ठाउँ राखेको छ कि छैन भन्ने कुरा पुनरावलोकनको विषय बनेको बताए। यसबारेमा पार्टीमा र संसदीय दलमा छलफल गरेर मात्र अगाडि बढ्ने उनको भनाइ छ।

प्रधानमन्त्रीसँग भएको कुराकानीबारे सोधिएको जिज्ञासामा उनले भने- ‘प्रधानमन्त्रीले बधाई दिनको लागि मात्र फोन गर्नुभएको हो। यस्तो सुनेको थिएँ के हो भनेर चासोसम्म राख्नुभएको थियो। सरकार सम्बन्धी त्यस्तो गम्भीर छलफल भएको हैन, उहाँले मलाई बधाई दिन फोन गर्नुभएको थियो।’

उनले चुनावका बेलामा हेलिकप्टर लिएर गएर मन्त्री पद नै दिने जस्ता आश्वासन बाँडेका लगायतका विषयमा गम्भीर समिक्षा गर्नुपर्ने बताए।
 

प्रकाशित: Apr 28, 2023| 12:58 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्