बिहीबार, वैशाख ३१, २०८३

रवि र स्वर्णिमले लिए सांसदको शपथ

 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं- गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका दुई सांसदले आज पद तथा गोपनियताको शपथ लिएका छन्। 

National life

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित स्वर्णिम वाग्लेले शपथ लिएका हुन्। सिंहदरबारमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसद लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले शपथ खुवाए।

बारा २ बाट निर्वाचित सांसद उपेन्द्र यादवको शपथ भने पछि हुने संघीय संसद् सचिवालयले जनाएको छ।

रास्वपाका सभापतिसमेत रहेका लामिछाने गत मंसिर ४ को चुनावबाट पनि प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएपछि चितवन २ मा उपनिर्वाचन भएको थियो। लामिछाने सोही क्षेत्रबाट फेरि निर्वाचित भएका हुन्।

प्रकाशित: Apr 28, 2023| 12:04 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्