बिहीबार, वैशाख ३१, २०८३

उपनिर्वाचनमा जितेका प्रतिनिधिसभा सदस्यको शपथ हुँदै

प्रतिनिधिसभा उपनिर्वाचनमा निर्वाचित तीन सदस्यले शुक्रबार शपथ लिँदैछन्।
 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं- प्रतिनिधिसभा उपनिर्वाचनमा निर्वाचित तीन सदस्यले शुक्रबार शपथ लिँदैछन्।

National life

शुक्रबार बिहान ११ बजे सभामुख देवराज घिमिरेले निर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ गराउन लागेका हुन्। 

वैशाख १० गते भएको उपनिर्वाचनमा तनहुँ १ बाट रास्वपाबाट स्वर्णिम वाग्ले, चितवन २ बाट रास्वपाकै रवि लामिछाने र बारा २ बाट जसपाका उपेन्द्र यादव विजयी भएका थिए।

तनहुँ १ मा कांग्रेसबाट जितेका रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ मा जसपाबाट जितेका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि उपनिर्वाचन भएको हो। 

मंसिर ४ गते चितवन २ बाट जितेका रवि लामिछानेको नागरिकता प्रकरणमा सांसद पद गएपछि उपनिर्वाचन भएको हो। एकपटक सांसद पद गए पनि लामिछाने उपनिर्वाचनमा झन् ठूलो मतान्तरले जित्न पुगेका हुन्।

कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका अर्थशास्त्री वाग्लेले पनि फराकिलो मतान्तरले जितेका थिए। मंसिर ४ गते सप्तरी २ मा जनमत पार्टीका सीके राउतसँग पराजित भए पनि उपनिर्वाचनमा यादव बारा २ बाट जितेका छन्।

प्रकाशित: Apr 28, 2023| 10:05 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्