बिहीबार, वैशाख ३१, २०८३

लुम्बिनीका मुख्यमन्त्रीको शपथ दिउँसो १ बजे

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

बुटवल– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

National life

नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन्। प्रदेश प्रमुखको कार्यालय, बुटवलमा दिउँसो १ बजे पद तथा गोपनीयताका शपथ हुनेछ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। तर, मुख्यमन्त्री चौधरीसँग मन्त्रीहरूले शपथ लिन्छन् कि लिन्नन् भन्ने अझै टुंगो भने लागेको छैन।

यद्यपि, मुख्यमन्त्री गिरीले मन्त्रीहरूका आंकाक्षी आफ्नै पार्टी नेपाली कांग्रेसका सांसद तथा सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरूसँग छलफल गरिरहेका छन्।

प्रकाशित: Apr 28, 2023| 08:39 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्