बिहीबार, वैशाख ३१, २०८३

गण्डकी र लुम्बिनीका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ लिने

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपगग्रहण गर्दैछन्। 
 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं- गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपगग्रहण गर्दैछन्। 

National life

बिहीबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका थिए भने लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसकै डिल्लीबहादुर चौधरी नियुक्त भएका थिए।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। ६० सदस्यीय गण्डकी प्रदेशसभामा उनलाई कांग्रेसका २७ सहित नेकपा माओवादी केन्द्रकाका ७ जना र स्वतन्त्र सांसद दिपक मनाङे गरि ३५ जनाले समर्थन गरेका छन्।

नवनियुक्त मुख्यमन्त्री पाण्डे गोरखा-२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। विश्वासको मत गुमाउँदै नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि यहाँ नयाँ गठबन्धन सरकार बनेको हो।

यस्तै, लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरीलाई प्रदेशका ८ दलका ५२ र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको छ। नेपाली कांग्रसेका २७ जना, नेकपा माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टीका ३ जना, जनता समाजवादी पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक/एक जना र एकजना स्वतन्त्र सांसदसमेत गरि ५३ जना सांसदको समर्थन चौधरीलाई रहेको छ।

विश्वासको मत गुमाउँदै नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि यहाँ पनि नयाँ गठबन्धन सरकार बनेको हो।

प्रकाशित: Apr 28, 2023| 06:47 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्