बिहीबार, वैशाख ३१, २०८३

शान्ति सुरक्षा सम्बन्धमा एमालेको गृहमन्त्रीलाई ध्यानाकर्षण

 |  बिहीबार, वैशाख १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १४, २०८०

काठमाडौं- नेकपा (एमाले)ले मुलुकको पछिल्लो शान्तिसुरक्षाबारे उप्रधानमन्त्री एवं गृहमन्त्री नारायाणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएको छ।

National life

एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईको नेतृत्वमा गएको टोलीले गृहमन्त्री श्रेष्ठलाई भेटी आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको दुर्व्यवहारको प्रयास र काठमाडौँ वडा न. ६ सरस्वतीनगरमा एक जना महिलाको हत्या भएको सम्बन्धमा ध्यानाकर्षण गराएको हो।

नेता भट्टराईले गृहमन्त्री श्रेष्ठलाई भेटी अध्यक्ष ओलीमाथि दुर्व्यवहारको प्रयास गर्नेलाई छिटोभन्दा छिटो कानूनी दायरमा ल्याएर कारवाहीको माग गरे। उनले अध्यक्ष ओली आफ्नो गृहजिल्ला जाँदा गरिएको दुर्व्यवहार सम्बन्धमा गृहमन्त्री श्रेष्ठसँग आपत्ति जनाएको समेत बताए।

यसैगरी काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगरमा यही वैशाख ७ गते दिनदहाडै एक जना महिलाको हत्या गरिएको सम्बन्धमा चाँडै सत्यतथ्य ल्याउनसमेत मन्त्री श्रेष्ठसँग माग गरिएको उनले बताए।

नेता भट्टराईका अनुसार भेटमा गृहमन्त्री श्रेष्ठले एमाले अध्यक्ष ओलीमाथि दुर्व्र्यहार गर्नेलाई खोजी कारवाही गर्ने प्रतिबद्धता जनाएका थिए। गृहमन्त्रीले घटनाका सम्बन्धमा चाँडै नै सत्यतथ्य बाहिर ल्याउने वचन दिएको उनले बताए।

‘गृहमन्त्रीले दुवै विषयलाई गम्भीरतापूर्वक लिनुभएको छ। कानून हातमा लिनेलाई मेरै पार्टीका व्यक्ति भए पनि छुट दिने छैन भनेर हामीलाई वचन दिनुभएको छ’, नेता भट्टराईले भने।

गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीमाथि हिजो बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजारमा केही उछृङ्खल समूहबाट दुर्व्यवहारको प्रयास भएको थियो।

प्रकाशित: Apr 27, 2023| 21:27 बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्