बिहीबार, वैशाख ३१, २०८३

अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय गलत: गगन

 |  बिहीबार, वैशाख १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १४, २०८०

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादीका अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णयको विरोध गरेका छन्। आज सामाजिक सञ्जालमार्फत गगनले सरकारको सो निर्णयको विरोध गरेका हुन्। 

National life

राज्यकोषमा स्रोतको व्यापक दबाब परेका बेला लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णय गलत भएको भन्दै निर्णय रोक्नुपर्ने उनले माग गरेका छन्। उनले संक्रमणकालीन न्यायसम्बन्धी विधयेक विचाराधिन रहेकाले रकम बाँड्ने भन्दा पनि कानुन बनाएर टुंग्याउनुपर्ने धारणा राखेका छन्।

‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर्छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधिन रहेकोले सरकार रकम बाँड्न होइन। पीडितमैत्री कानुन बनाई संक्रमणकालीन न्यायको कामलाई शिघ्र टुङ्ग्याउन केन्द्रित होस्,’ गगनले भनेका छन्।

सरकारले शान्ति प्रक्रियाको १८ वर्ष बितेपछि सशस्त्र द्वन्द्वकालका माओवादी अयोग्य लडाकुलाई राहत वितरण गर्ने तयारी गरेपछि त्यसको विरोध भइरहेको छ।

प्रकाशित: Apr 27, 2023| 19:15 बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्