बिहीबार, वैशाख ३१, २०८३

कार्यवाहक राष्ट्रपतिसँग युरोपेली संघका राजदूतको भेट

 |  बिहीबार, वैशाख १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १४, २०८०

National life

काठमाडौं- कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गरेकी छन्।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उपराष्ट्रपति यादवले नेपाल र युरोपेली सङ्घबीच रहेको द्विपक्षीय सम्बन्ध थप मजबुत तथा सौहार्दपूर्णरूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे।

सो क्रममा राजदूत डेप्रेजले नेपाल र युरोपेली सङ्घबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे जानकारी गराएकी उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। 

प्रकाशित: Apr 27, 2023| 17:52 बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्