बिहीबार, वैशाख ३१, २०८३

धन्यवाद सभामा रविको आग्रह- गालीको राजनीति नगरौं

 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गरेका छन्।

National life

बुधबार चितवनको मुग्लिन बजारमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै उनले सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजानुपर्ने बताएका हुन्।

'सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजाने बाटोमा हिँडेका हौं हामी। हाम्रो ओठमा मुस्कान र हातमा फूल छ। हामीले गालीगलौज गर्न सुहाउँदैन। त्यसैले हामी गालीगलौजको राजनीति नगरौं,' उनले भने।

उनले पार्टीको २१ सिटको यात्रा फूलबाट तय भएको बताए। मात्तिएर र आत्तिएर राजनीतिमा नहुने भन्दै उनले आफूहरू सच्चिनुपर्ने ठाउँहरू केही रहेछन् भने सबभन्दा पहिले आफ्नो पार्टीभित्रको पंक्तिलाई हेर्ने बताए।

उनले अरू दलको आलोचनामा नगर्ने पनि बताए। सामाजिक सञ्जालमा आफूहरुलाई माया गर्ने नाममा अन्य दलहरूप्रति घृणा र गालीगलौज भएको पनि देखिएको भन्दै आफूले क्षमा मागेको उनले बताए। भ्रष्टाचारविरूद्ध पार्टी सधैं अग्रपंक्तिमा रहेर काम गर्ने पनि उनको भनाइ थियो।

यस्तै सोही सभालाई सम्बोधन गर्दै तनहुँ १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले आफूहरूले पात्रहरूको विरोध नगरेर प्रवृत्तिको विरोध गरेको बताए। विपक्षीले निम्नस्तरको गाली गरे पनि आफूहरूले प्रवृत्तिको आलोचना गरेको उनले बताए।
 

प्रकाशित: Apr 26, 2023| 21:02 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्