बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डोरीले बाँधेर युवालाई निर्घात कुटपिट गर्ने वडाअध्यक्ष ५ हजार धरौटीमा छुटे

डोरीले बाँधेर युवालाई निर्घात कुटपिट गर्ने वडाअध्यक्ष ५ हजार धरौटीमा छुटे

स्थानीय युवालाई कुटेर विवादमा तानिएका जुनीचाँदे गाउँपालिका–२ का वडा अध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन्।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

सुर्खेत- स्थानीय युवालाई कुटेर विवादमा तानिएका जुनीचाँदे गाउँपालिका–२ का वडा अध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन्। जिल्ला प्रशासन कार्यालय जाजरकोटले वडाध्यक्ष नेपालीलाई ५ हजार धरौटीमा छोड्ने गर्ने निर्णय गरेको हो।

स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर निर्घात कुटपिट गरेको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि वडाध्यक्ष नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो। भिडियोका आधारमा जिल्ला प्रहरी कार्यालय जाजरकोटले अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाइएको थियो।

पीडितको बयानका आधारमा ५ हजार रुपैयाँ धरौटीमा छोडिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जानकारी दिएको छ। ‘भिडियोको आधारमा अभद्र व्यवहार व्यवहारसम्बन्धी मुद्दा चलाइएको थियो। तर पीडितले नै वडाध्यक्षको गल्ती नभएको बयान दिए,’प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले भने, ‘गलत नियत नभेटिएपछि ५ हजार धरौटीमा छोडिएको छ।’ उनका अनुसार वडाध्यक्ष नेपालीलाई भदौ १६ गते बकपत्र गर्न आउने शर्तमा धरौटीमा छोडिएको हो। 

साउन १५ गते मदिरा खाएर हो–हल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीले स्थानीय युवा सर्पेलाई डोरीले बाँधेर सार्वजनिक स्थलमा कुटपिट गरेका थिए। घटना भएको तीन दिनपछि साउन १९ गते घटना बाहिरिएको थियो। 

सेवाग्राहीलाई अपमानजनक रुपमा कुटपिट गरेको भन्दै वडाध्यक्षको चौतर्फी विरोध भएको थियो। साउन २१ गते प्रहरीले वडाध्यक्ष नेपालीलाई पक्राउ गरेको थियो। 

वडाध्यक्ष पक्राउ परेपछि स्थानीयले विरोध प्रदर्शनसमेत गरेका थिए। त्यस्तै पीडित सर्पेले बरु आफू जेल बस्न तयार हुने तर वडाध्यक्षलाई थुन्न नपाइने भन्दै बयान दिएका थिए।

प्रकाशित: Aug 11, 2021| 19:22 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।