शुक्रबार, साउन ८, २०८३

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय सभा अध्यक्षबीच भेट

 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने विषयमा छलफल थालेका छन्।

बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग सदनको अधिवेशन अन्त्य गर्ने विषयमा छलफल गरेका हुन्। 

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष तिमिल्सिनाबीच संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गरेर संसद् अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको हो। 

साथै सो भेटमा प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष तिमिल्सिनाले आफ्नो रूसको संघीय संसद् उपल्लो सदनको निमन्त्रणामा भएको भ्रमणबारे जानकारी गराए।

प्रकाशित: Apr 26, 2023| 14:26 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्