शुक्रबार, साउन ८, २०८३

ओलीको गृहजिल्ला झापामा बस्दै एमाले केन्द्रीय कमिटी बैठक

एमालेले उपनिर्वाचनको समीक्षा, सत्तारुढ गठबन्धन सरकारका काम–कारबाहीलगायत विषयमा छलफल गर्न बैठक बोलाएको हो।
 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

काठमाडौं– प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक झापामा बस्ने भएको छ। झापा पार्टी अध्यक्ष केपी ओलीको गृहजिल्ला पनि हो।

एमाले पार्टी कार्यालय सचिव भीष्म अधिकारीका अनुसार २८, २९ र ३० वैशाखमा झापामा बैठक बस्नेछ। यद्यपि बैठकको एजेन्डा र बैठक बस्ने स्थल झापा भए पनि स्थानबारे छलफल तय नभइसकेको अधिकारीको भनाइ छ।

एमालेले उपनिर्वाचनको समीक्षा, सत्तारुढ गठबन्धन सरकारका काम–कारबाहीलगायत विषयमा छलफल गर्न बैठक बोलाएको हो।

राजनीतिक दलहरुका केन्द्रीय बैडक काठमाडौंबाहिर खासै बस्ने गरेका छैनन्। एमालेले उपत्यकाबाहिर केन्द्रीय कमिटी बैठक डाकेको हो।

प्रकाशित: Apr 26, 2023| 12:17 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्