बिहीबार, वैशाख ३१, २०८३

ज्यान मार्ने उद्योगमा मोरङबाट १३ बालिका पक्राउ

मोरङको मिक्लाजुङ गाउँपालिकामा ज्यान मार्ने उद्योगमा १३ बालिका पक्राउ परेका छन्।
 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

विराटनगर- मोरङको मिक्लाजुङ गाउँपालिकामा ज्यान मार्ने उद्योगमा १३ बालिका पक्राउ परेका छन्।

National life

वैशाख ६ गते मिक्लाजुङ–३ मा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीया बालिकालाई कुटपिट गर्ने १३ बालिकालाई ज्यान मार्ने उद्योगमा प्रहरीले पक्राउ गरेको हो।

कक्षा कोठामा कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सम्प्रेषण गरेको जानकारी इलाका प्रहरी कार्यालय उर्लाबारीमा प्राप्त हुनासाथ ती बालिकालाई वैशाख ११ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

उनीहरूलाई सोमबार नियन्त्रणमा लिई मंगलबार ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइहरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार पीडित बालिकाको उपचार विर्तामोडस्थित बीएण्डसी अस्पतालमा भइरहेको छ।

प्रकाशित: Apr 26, 2023| 08:40 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्