बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • उपनिर्वाचनले हामीलाई रुपान्तरित हुनुपर्ने सन्देश दियो : विश्वप्रकाश शर्मा

उपनिर्वाचनले हामीलाई रुपान्तरित हुनुपर्ने सन्देश दियो : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरूलाई रूपान्तरित हुन सन्देश दिएको बताएका छन्।
 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरूलाई रूपान्तरित हुन सन्देश दिएको बताएका छन्। गत आइतबार भएको उपनिर्वाचनको मतपरिणामपछि सामाजिक सञ्जालमार्फत उनले उक्त कुरा बताएका हुन्।

National life

शर्माले उपनिर्वाचनको सन्देशअनुरूप आफूलाई बदलेर नयाँ ढंगले जुट्ने पनि उल्लेख गरे। ‘परिणामले हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरूप आफूलाई बदल्नुछ,’ प्रतिनिधिसभा सदस्यसमेत रहेका शर्माले ट्विटरमाा लेखेका छन्, ‘नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौँ हामी।’

उपनिर्वाचन भएका तीनवटा क्षेत्रमध्ये चितवन–२ र तनहुँ–१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बारा–२ जनता समाजवादी पार्टी (जसपा) ले जितेका छन्।

कांग्रेसले चितवन–२ र तनहुँ–१ मा उम्मेदवारी दिएको थियो । तर, उसका उम्मेदवार दुवै क्षेत्रमा पराजित भए।

प्रकाशित: Apr 26, 2023| 07:59 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्