बिहीबार, वैशाख ३१, २०८३

अर्थ मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी धनी राम शर्मालाई

अर्थ प्रवक्ताको जिम्मेवारी धनी राम शर्मालाई दिइएको छ।
 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

काठमाडौं- अर्थ प्रवक्ताको जिम्मेवारी धनी राम शर्मालाई दिइएको छ।

National life

प्रकाशशरण महत अर्थमन्त्री भएसँगै बजेट महाशाखाबाट जिम्मेवारी विहीन भएका शर्मालाई अनुगमन महाशाखासहित प्रवक्ताको जिम्मेवारी दिइएको हो।

मंगलबार मन्त्री महतले शर्मालाई अनुगमन महाशाखामा सरुवा गर्दै प्रवक्ताको समेत जिम्मेवारी दिएका हुन्। मन्त्रालयको प्रवक्ता रहेका आनन्द काफ्ले प्रशासन महाशाखामा सरुवा भएपछि अनुगमन महाशाखा रिक्त थियो।

अझै सहसचिवत्रय रघुराम विष्ट, जनक शर्मा र बाबुराम सुवेदीलाई जिम्मेवारी तोक्न बाँकी छ।

प्रकाशित: Apr 26, 2023| 07:45 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्