शुक्रबार, साउन ८, २०८३

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूचि

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो ३ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ। 
 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

काठमाडौं- संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो ३ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ। 

आजको बैठकमा सभामुखले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० बमोजिम विशेष समिति गठनका लागि सदस्यहरूको नामावलीसहितको प्रस्ताव पेस गर्ने र उक्त प्रस्तावको समर्थन गर्ने सम्भावित कार्यसूची रहेको छ। 

आजको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलका लागि सदनमा प्रस्ताव गर्ने, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। 

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारितका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 
 

 

प्रकाशित: Apr 26, 2023| 06:58 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्