बिहीबार, वैशाख ३१, २०८३

बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित

बारा-२ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन्। 
 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

बारा- बारा-२ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन्। 

National life

यादवले २८ हजार ४१५ मत गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरेका छन्। यसैगरी नेकपा (एमाले) का पुरुषोत्तम पौडेल १० हजार २१६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले दुई हजार ८२९ मत प्राप्त गरे। 

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका यादवलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायत पार्टीको समर्थन रहेको थियो। 

यादव गत मंसीर ४ गते सम्पन्न प्रतिनिनि सभा निर्वाचनमा सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए। बारा-२ बाट निर्वाचित जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि भएको उपनिर्वाचनमा उपेन्द्र यस क्षेत्रमा उम्मेदवार बनेका हुन्।

प्रकाशित: Apr 26, 2023| 06:52 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्