बिहीबार, वैशाख ३१, २०८३

एमाले केन्द्रीय कमिटी बैठक झापा बस्ने

 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

National life

काठमाडौं- नेकपा एमालेले यही वैशाख २८ गतेदखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटी बैठक गर्ने भएको छ।
     
केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार वैशाखको २८ देखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको जानकारी दिए। एमालेको केन्द्रीय कमिटी बैठक गत मङ्सिरको चुनाव अघि बसेको थियो। 

उक्त पार्टीले यो बीचमा दुई महिने ग्रासरुट अभियान चलाएको थियो। उक्त अभियान यही वैशाख १० गते सकिएको छ।

सचिव डा अधिकारीका अनुसार बैठकमा निर्वाचन र पार्टीको ग्रासरुट अभियानलगायतका विषयमा छलफल हुनेछ।
 

प्रकाशित: Apr 25, 2023| 18:48 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्