बारा- बारा निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ। जसपाका उम्मेदवार उपेन्द्र यादवले १८ हजार ८०८ मत पाएका छन्।
हालसम्म ३५३१२ मत गणना सम्पन्न हुँदा यादवले अगता कायमै राखेका हुन्।
यस्तै दोस्रो स्थानमा रहेको जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १५ हजार ४८५ मत पाउँदा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार ५६३ मत र रास्वपाका रमेश खरेलले २ हजार २६८ मत पाएका छन्।