शुक्रबार, साउन ८, २०८३

रास्वपाका समानुपातिक सांसद ढाकाकुमार पदमुक्त

 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं- सभामुख देवराज घिमिरेले ढाकाकुमार श्रेष्ठ सांसद नरहेको प्रतिनिधिसभा सदस्यहरुलाई जानकारी गराएका छन्। मंगलबार बसेको बैठकमा सभामुख घिमिरेले यस्तो जानकारी गराएका हुन्।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो।

रास्वपाले कारबाही गरेको पत्र दिएपछि त्यसैअनुसार सभामुख घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी संसद्लाई गराएका हुन्। श्रेष्ठको ठाउँमा रास्वपाले विन्दबासिनी कंशाकारलाई सांसद बनाउन निर्वाचन आयोगलाई सिफारिस गरिसकेको छ।

प्रकाशित: Apr 25, 2023| 16:14 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्