शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देश कंगाल पार्नेहरूलाई ठेगान लगाउन राजनीतिमा आएका हौं : रवि लामिछाने

देश कंगाल पार्नेहरूलाई ठेगान लगाउन राजनीतिमा आएका हौं : रवि लामिछाने

 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं- चितवन क्षेत्र नम्बर २ बाट पुनः निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले देश कंगाल पार्नेहरूलाई आफूहरूले नछाड्ने बताएका छन्।

विजयी भएको प्रमाणपत्र बुझिसकेपछि मंगलबार दिउँसो आयोजित धन्यवाद सभामा बोल्दै लामिछानेले भ्रष्टाचार गरेर देश कंगाल पार्नेहरूलाई ठेगान लगाउनकै लागि आफूहरू राजनीतिमा आएको बताए। 

‘तपाईंहरुले हामीबाट चाहनुभएको पहिलो कुरा सुशान हो। यो देशलाई कंगाल पार्नेहरूलाई नछोड्नु भन्नुभएको छ, हामी कुनै हालतमा छोड्दैनौँ, निर्धक्क हुनुहोला।’ लामिछानेले भने, ‘यो देशलाई कंगाल पार्नेहरूको हिसाब निकाल्न हामी राजनीतिमा आएका हौं। कुनै दिन यी मंचमा त्यस्ता हिसाब सार्वजनिक गर्ने दिन आउनेछ।’

प्रकाशित: Apr 25, 2023| 15:20 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्