बिहीबार, वैशाख ३१, २०८३

पार्टीविरुद्ध थेग्नै नसक्ने गरी प्रहार भयो: देउवा

 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमा आफ्नो पार्टीविरुद्ध आक्रमण बढेको बताएका छन्।

National life

संसदीय दलको बैठकमा उनले उपनिर्वाचनका क्रममा पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा संगठित आक्रमण गरिएको गुनासो राखेका हुन्।

बजेटका प्राथमिकताका विषयमा सांसदहरुको राय लिनका लागि डाकिएको बैठकमा सभापति देउवाले थेग्नै नसक्ने गरी आक्रमण भएको बताए। सोमबार र मंगलबार दुई दिन सांसदको राय लिनका लागि संसदीय दलको बैठक बोलाइएको थियो।

बजेटमाथि केन्द्रित छलफलमा उपनिर्वाचनका सन्दर्भमा पनि सांसदहरुले धारणा राखेका थिए। सामाजिक सञ्जालबाट गरिएको प्रहारका कारण पनि तनहुँ–१ मा जित निकाल्न नसकिएको विश्लेषण बैठकमा गरिएको थियो।

विकासका कार्यमा लागिरहेको व्यक्ति भए पनि पुराना दलले जित्न नसकिने अवस्था निर्माण गरिएको चिन्ता सांसदहरुले गरेका थिए। नयाँ दलले गरेको प्रचार अभियानका अगाडि कांग्रेस कमजोर भएको उनीहरुको तर्क  थियो।
 

प्रकाशित: Apr 25, 2023| 15:05 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्