बिहीबार, वैशाख ३१, २०८३

बारा २ मा ४ हजारबढी मतले पछि परे जनमतका कुशवाहा

 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं- प्रतिनिधि सभाको उपनिर्वाचन भएको बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै गएका छन्।

National life

उनले १५ हजार १८३ मत प्राप्त गर्दा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १० हजार ३७० मत पाएका छन्। यादवसँग चार हजारबढी मतले कुशवाहा पछि परेका छन्।

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५ हजार २७ मत पाउदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ९५ मत पाएका छन्।

प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले एक हजार ६ सय २७ मत पाएका छन्।

प्रकाशित: Apr 25, 2023| 14:57 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्