काठमाडौं- नवनिर्वाचित सांसद रवि लामिछानेले पाँच वर्षपछि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
रास्वपाका सभापतिसमेत रहेका लामिछानेले चितवनमा भएको धन्यवाद सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘पाँच वर्षमा ठूलो पार्टी बनेर आफ्नै नेतृत्वमा सरकार बनाउनेछौँ,’ उनले भने, ‘नेतृत्व सक्षम भएन भने हटाएर घण्टी बजाउनेछ। तपाईँ आँट गर्नुहोस्, घण्टी हामीसँग छ बजाउँदै अघि बढ्नुहोला।’
चितवनका जनताले लगाएको गुण इतिहासले नबिर्सने भन्दै धन्यवाद व्यक्त गरेका छन्।