बिहीबार, वैशाख ३१, २०८३

सरकार बनाउने र ढाल्ने खेलमा एमाले लाग्दैन : उपमहासचिव रिमाल

 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

National life

धादिङ- नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एमाले सरकार बनाउने र ढाल्ने खेलमा नलाग्ने बताएका छन्। पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमको समापनका लागि धादिङ आएका उपमहासचिव रिमालले प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाटमा एमाले जिम्मेवार प्रतिपक्ष बनेर खबरदारी गर्ने बताए। 

अर्थतन्त्र सङ्कटमा पर्न नदिन एमालेले जिम्मेवार भूमिका खेल्ने उनको भनाइ थियो। अहिलेको सरकार आफ्ना दलगत स्वार्थ व्यवस्थापनमा केन्द्रित भएकाले प्रमुख प्रतिपक्षका रुपमा एमालेले खबरदारी जारी राख्ने उनको भनाइ छ।

फरक प्रसङ्गमा रिमालले अहिलेको उपनिर्वाचनमा आएको चुनावी नतिजाले देशलाई नीतिगत तथा राजनीतिक प्रभाव पार्ने अवस्था नरहेको उनले बताए। उनले भने, ‘यो नतिजाले देशको राजनीतिलाई खास असर गर्दैन। हामीले यो चुनावमा केही पाएनौँ, केही गुमाएनौँ पनि।’

प्रकाशित: Apr 25, 2023| 14:18 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्