काठमाडौं- चितवन २ बाट निर्वाचित हुन लागेका रवि लामिछानेलाई गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले मतगणना चल्दै गर्दा हार स्वीकार गर्दै बधाई दिएका छन्। उनले खादा लगाएर लामिछानेलाई बधाई दिएका हुन्।
श्रेष्ठले खादासँगै नेपालको झण्डा पनि लामिछानेलाई उपहार दिए। बधाई दिँदै श्रेष्ठले अहिले जनताले परिवर्तन खोजेको र पुराना पार्टीहरू सच्चिन आवश्यक रहेको बताए।
लामिछानेले श्रेष्ठसँगै सहकार्य गरेर अघि बढ्ने बताएका छन्। पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको अग्रता छ। उनको जित निश्चित छ।