बिहीबार, वैशाख ३१, २०८३

सरकारलाई दिएको समर्थन फिर्ता लिने रविको संकेत

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन्।
 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन्।

National life

चितवन-२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिँदै लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताए।

सरकारलाई दिएको समर्थनबारे समीक्षा हुने उनको प्रतिक्रिया थियो। 'सरकारलाई दिएको समर्थन कायम राखिराख्न कारण देखेको छैन। सरकारमा जाने त सम्भावनै छैन,’ उनले भने।

सभापति लामिछानेले सरकारको कामप्रति आफ्नो पार्टी असन्तुष्ट रहेको समेत बताए। 

प्रकाशित: Apr 25, 2023| 10:17 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्