बिहीबार, वैशाख ३१, २०८३

बारा २ मा उपेन्द्रको ४ हजारबढीको मतान्तर

 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

National life

काठमाडौं- प्रतिनिधि सभाको उपनिर्वाचन भएको बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै गएका छन्। 

जारी मतगणनाको पछिल्लो परिणामअनुसार जसपाका अध्यक्ष समेत रहेका यादवले १२ हजार ११९ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले ७ हजार ६९३ मत ल्याएका छन्। जनमतका कुशवाहाभन्दा जसपाका यादव ४ हजार ४२६ मतले अगाडि छन्। 

नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार ३२८ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ हजार ८१५ मत ल्याएका आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले ५८७ मत ल्याएका छन्। 

प्रकाशित: Apr 25, 2023| 09:32 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्