शुक्रबार, साउन ८, २०८३

चितवन २ मा रविको अग्रतामा छलाङ, श्रेष्ठ भारि मतले पछाडी

 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं- प्रतिनिधि सभाको उपनिर्वाचन भएको चितवन क्षेत्र नम्बर २ मा मतगणना जारी छ। जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले भारी मतान्तरसहितको अग्रता कायम राखेका छन्। 

लामिछानेले ४४ हजार ४८६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ८ हजार २७५ मत ल्याएका छन्। कांग्रेसका श्रेष्ठ लामिछानेभन्दा ३६ हजार २११ मतले पछाडि छन्। 

यस्तै, नेकपा एमालेका उम्मेदवार राम प्रसाद न्यौपाने ८ हजार २१७ मत ल्याएर तेस्रो स्थानमा छन्। 

प्रकाशित: Apr 25, 2023| 09:25 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्