काठमाडौं- बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १० हजारभन्दा बढी मत प्राप्त गरेका छन्।
मतगणनाको पछिल्लो मतपरिणामअनुसार यादवले १० हजार ३२७ मत प्राप्त गरेका हुन्। जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ६ हजार ८१२ मतका साथ उनलाई पछ्याइरहेका छन्।
यस्तै, एमालेका पुरुषोत्तम पौडेलले ४ हजार १०४ मत ल्याएका छन्।