काठमाडौं- चितवन २ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले मतान्तर थप बढाएका छन्।
पछिल्लो मतपरिणामअनुसार रविले ४१ हजार ५०४ मत पाउँदा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ६९५ मतमात्रै पाएका छन्।
यस्तै तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३९९ मत पाएका छन्।