बिहीबार, वैशाख ३१, २०८३

उपेन्द्र यादवले कटाए १० हजार मत

बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १० हजारभन्दा बढी मत प्राप्त गरेका छन्।
 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

National life

काठमाडौं- बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १० हजारभन्दा बढी मत प्राप्त गरेका छन्।

मतगणनाको पछिल्लो मतपरिणामअनुसार यादवले १० हजार १९९ मत प्राप्त गरेका हुन्। जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ६ हजार ८०६ मतका साथ उनलाई पछ्याइरहेका छन्।

यस्तै, एमालेका पुरुषोत्तम पौडेलले ४ हजार ११ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ हजार ४५१ मत ल्याएका छन् भने आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले ५९२ मत ल्याएका छन्।

प्रकाशित: Apr 25, 2023| 07:53 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्