शुक्रबार, साउन ८, २०८३

तनहुँ १ मा १४ हजारबढी मतान्तरले रास्वपाका वाग्ले विजयी

 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

तनहुँ- प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन्। 

वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरे। त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन्।

त्यसैगरी राप्रपाकी शोभा गुरुङले २१८, नागरिक उन्मुक्ति पार्टीका भीम बहादुर सुनारले ९९, नेमकिपाका राम प्रसाद प्रजापतिले ३१, मङ्गोल नेशनल अर्गनाइजेसनका प्रेम बहादुर थापाले १६६, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्ण बहादुर रानाले ८७ र नेकपा समाजवादीका गणेश श्रेष्ठले ५ मत पाएका छन्। 

मुख्य निर्वाचन कार्यालयले औपचारिक रूपमा नतिजा सार्वजनिक गर्न भने बाँकी रहेको छ। 

प्रकाशित: Apr 25, 2023| 07:45 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्