चितवन- चितवन-२ मा भएको उपनिर्वाचनमा भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाको ५६ हजार ४९६ मत गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने फराकिलो मतान्तरले अगाडि छन्।
अब कालिका नगरपालिकाको २१ हजार ७८१ मत गणना गर्न बाँकी रहँदा लामिछाने निकटतम प्रतिस्पर्धी उम्मेदवार जीतनारायण श्रेष्ठभन्दा ३२ हजार ६१२ मतान्तरले अगाडि छन्।
हालसम्म लामिछानेले ४० हजार ६९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ७ हजार ४५७ मत ल्याएका छन्। तेस्रो नम्बरमा रहेका एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेको ७ हजार २६८ मत आएको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार जीवलाल पुरीले २८३ मत ल्याएका छन्।