बिहीबार, वैशाख ३१, २०८३

रवि लामिछानेको जित सुनिश्चित

 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

National life

चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको छ।

मंगलबार बिहानसम्म ५० हजार मत गणना हुँदा लामिछानेले ३६ हजार मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ७ हजार १४८ छ। उनीहरूबीचको मतान्तर २९ हजार छ।

चितवन-२ मा आइतबार भएको निर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो। अब गन्न बाँकी मत २८ हजारमात्र छ। जबकि लामिछानेले प्रतिस्पर्धीसँग २९ हजारको मतान्तर बनाइसकेका छन्। गत मंसिरको निर्वाचनमा रवि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

प्रकाशित: Apr 25, 2023| 06:02 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्