बिहीबार, वैशाख ३१, २०८३

स्वर्णिम वाग्ले भारी मतान्तरले निर्वाचित

वाग्लेले ३४ हजार ९१८ मत ल्याउँदा भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा एमाले उम्मेदवार सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गरेका छन्। 
 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित निर्वाचित भएका छन्। 

National life

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७९६ मतले पछि पार्दै वाग्ले विजयी भएका हुन्।

वाग्लेले ३४ हजार ९१८ मत ल्याउँदा भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा एमाले उम्मेदवार सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गरेका छन्। 

गत ४ मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसबाट रामचन्द्र पौडेल २५ हजार ३६१ मतसहित विजयी भएका थिए। पौडेल राष्ट्रपति निर्वाचित भएपछि त्यहाँ उपनिर्वाचन भएको हो।

प्रकाशित: Apr 25, 2023| 05:21 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्