बिहीबार, वैशाख ३१, २०८३

निर्वाचन खर्च सार्वजनिक गर्न आयोगको निर्देशन

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

काठमाडौं- निर्वाचन आयोगले गएको मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरुलाई निर्वाचन खर्चको विवरण पेस गर्ने निर्देशन दिएको छ।

National life

आयोगले आज विज्ञप्तिमा जारी गरी पाँच हजार पाँच सय ६१ जना उम्मेदवारहरुलाई निर्वाचन खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो। आफूले गरेको निर्वाचन खर्च सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयको सूचना पाटी, सम्बन्धित गाउँपालिका वा नगरपालिका अथवा वडा कार्यालयको सूचना पाटीमा सार्वजनिक गर्न सकिनसमेत आयोगको उक्त विज्ञप्तिमा जनाइएको छ। 

यसैगरी, राजनीतिक दलको जुनसुकै तहको कार्यालय वा वेबसाइट (राजनीतिक दलका तर्फबाट उम्मेदवार भएका उम्मेदवारको हकमा), आमसञ्चारमाध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि) र सामाजिक सञ्जाल (फेसबुक, टिवटर, इन्स्टाग्राम) बाट पनि सार्वजनिक गर्न सक्ने आयोगले निर्णय गरेको छ। यसरी सार्वजनिक गरेको प्रमाणसहितको जानकारी सम्बन्धित उम्मेदवारहरुले आ–आफ्नो प्रदेश/जिल्ला निर्वाचन कार्यालयलाई दिनुपर्ने निर्णय भएको आयोगद्वारा आज प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस सम्बन्धमा आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ (पैँतीस) दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्ने दुई हजार तीन सय ७३ जना उम्मेदवार र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा उम्मेदवारी दिई प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ (पैँतीस) दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्ने तीन हजार एक सय ८८ जना उम्मेदवारहरु सात दिनको म्याद दिई खर्च विवरण सार्वजनिक गर्न यही वैशाख ६ गते निर्देशन दिने निर्णय गरेको थियो।
 

प्रकाशित: Apr 24, 2023| 20:24 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्