बिहीबार, वैशाख ३१, २०८३

मिल्यो संसदीय समितिको भागवण्डा

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

काठमााडौं- प्रमुख तीन दलबीच संसदीय समितिको भागबण्डाको विषयमा सहमति जुटेको छ। सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्षनेताहरुले संसदीय समितिको भागबण्डामा सहमति जुटाएका हुन्।

National life

सहमतिअनुसार नेकपा एमालेले संघीय संसदको तीनवटा समिति पाउने भएको छ। जसअनुसार प्रतिनिधिसभाका १० वटा समिति मध्ये महत्वपुर्ण मानिएका सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिसहित तीनवटा संसदीय एमालेको भागमा परेको छ। कांग्रेसले संसदीय विशेष सुनुवाइ समितिको सभापति पाएको छ।

नयाँ सहमतिसँगै संसदीय समिति गठनको प्रक्रिया सुरु हुने भएको छ। यसैगरी, सत्य निरुपण तथा मेलमिलाप आयोगको विवादलाई टुंग्याउनका लागि विशेष समिति गठन गर्नेमा पनि प्रमुख दल सहमत भएका छन्। संवैधानिक परिषद सबन्धि  विधयेकलाई चाँडै स‌सदबाट पारित गर्नेमा पनि सहमति जुटेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित उपस्थित बैठकले सो निर्णय गरेको एमाले सांसद पदम गिरीले जानकारी दिए।

प्रकाशित: Apr 24, 2023| 20:12 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्