शुक्रबार, साउन ८, २०८३

तनहुँ र चितवनमा घण्टी चर्को बज्दा बारामा भने मधुरो

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

आइतबार तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा भएको मतदानको आज गणना भइरहेको छ। तीनमध्ये दुई क्षेत्रमा घण्टी चिन्हधारी उम्मेदवारले फराकिलो अग्रता बनाइरहेका छन्। 

तनहुँ-१ मा त रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेको जित करिबकरिब निश्चित नै भइसकेको छ। चितवन-२ मा पनि रास्वपा सभापति रवि लामिछानेको राम्रो अग्रता छ।

उता बारा-२ मा भने रास्वपा उम्मेदवार पछाडि परेका छन्। त्यहाँ पूर्व डीआईजी रमेश खरेल घण्टी चिन्ह लिएर मैदानमा ओर्लिएका थिए।   

उक्त क्षेत्रमा खरेल चौथो नम्बरमा छन्। त्यहाँ जसपा र जनमतका उम्मेदवारबीच कडा टक्कर देखिएको छ। तेस्रो नम्बरमा एमाले उम्मेदवार छन्। 
 

प्रकाशित: Apr 24, 2023| 18:54 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्