शुक्रबार, साउन ८, २०८३

कुशवाहा भन्छन्- गढीमाईको गन्न थालेपछि अग्रता लिन्छु

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

काठमाडौं- बारा २ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले महागढिमाईको मत आएपछि सबैलाई पछि पार्ने बताएका छन्। कुशवाहाले जनता समाजवादी पार्टी जसपाको एरियामा पनि आफूले राम्रो मत ल्याएको भन्दै चुनाव जित्ने दाबी गरेका छन्।

करैयामाई गाउँपालिकाको मत गणना भइरहँदा कुशवाह र जसपाका अध्यक्ष उपेन्द्र यादवपछि तिव्र प्रतिस्पर्धा छ। कहिले यादवले त कहिले कुशवाहले अग्रता लिइरहेका छन्।

'करैयामाई १, २ र ३ भनेको जसपाले जितेको ठाउँमा मेरो मत नै अघि देखिएपछि यो मलाई बोनस आएको प्रमाणित नै गरिसक्यो,' कुशवाहले भन्छन्, 'अब अन्त गन्दा अघिपछि हुन्छ। हुँदै जाँदाखेरि अन्तिममा महागढिमाईले सबैलाई पछार्दिन्छु।'

प्रकाशित: Apr 24, 2023| 18:43 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्