काठमाडौं- बारा क्षेत्र नम्बर २ मा जसपाका उपेन्द्र यादवले जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई पछि पार्दै अग्रता कायम राखेका छन्। यादव कुशवाहाभन्दा १६६ मतले अगाडि छन्।
यादवले १ हजार ६५० मत पाउँदा कुशवाहाले १ हजार ४६६ मत पाएका छन्।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलको ७२३ मत छ। सुरुवातमा अग्रता लिएका यादवलाई कुशवाहाले पछि पारेका थिए।