शुक्रबार, साउन ८, २०८३

तनहुँमा आधा गणना सकिँदा कसको कति?

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

प्रतिनिधिसभाको उपनिर्वाचन अन्तर्गत तनहुँ-१ मा सोमबार साँझ ५ बजेसम्म आधा मतगणना सकिएको छ।

निर्वाचन आयोगका अनुसार आधा मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन्। वाग्लेले १६ हजार ९१२ मत पाएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई दोस्रो नम्बरमा छन्। भट्टराईले नौ हजार ५७० मत पाएका छन्। नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनाल तेस्रो नम्बरमा छन्। खनालले पाँच हजार ४७४ मत पाएका छन्।

९ जना उम्मेदवार रहेको तनहुँ-१ मा बाँकी ६ जना उम्मेवारले एक हजार मत पनि कटाएका छैनन्। मंगल नेशलन अर्गनाइजेशनका प्रेमबहादुर थापाले १३० र राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङले ९८ मत पाएकी छन्।

यसैगरी नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ५४, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले २१, नेपाल मजदूर किसान पार्टीका रामप्रसाद प्रजापतिले १४ र नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)का गणेश श्रेष्ठले चार मत पाएका छन्।

अहिलेसम्म ३२ हजार २७७ मत गणना भएको छ। त्यहाँ ६३ हजार ७५७ मत खसेको थियो। 

प्रकाशित: Apr 24, 2023| 17:40 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्