शुक्रबार, साउन ८, २०८३

बारा २ मा २९ मतले कुशवाह अगाडि

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

बारा- अहिले बारा २ को मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहको अग्रता कायमै छ।

३२४१ मत गणना हुँदा कुशवाहले ११४६ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १११७ मत प्राप्त गरी उनलाई पच्छ्याइरहेका छन्।

त्यस्तै एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५३८ मत प्राप्त गरेका छन् भने रास्वपाका रमेश खरेलले २४४ मत प्राप्त गरेका छन्। उता, आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ११४ मत प्राप्त गरेका छन्। 

प्रकाशित: Apr 24, 2023| 17:31 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्