काठमाडौं- तनहुँ- १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले ८ हजारले अग्रता कायम गरेका छन्।
२४ वडाको ३५ हजार ३६ मत गणना हुँदा उनले १७ हजार ९ सय २ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १० हजार २ सय २८ मत पाएका छन्।
यसैगरी नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार ८ सय ६७ मत पाएका छन्।