बिहीबार, वैशाख ३१, २०८३

बारामा पछि परे उपेन्द्र यादव

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

प्रतिनिधिसभाको उपनिर्वाचन अन्तर्गत बारा–२ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहाले अग्रता लिएका छन्।

National life

जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले सुरुवाती अग्रता लिए पनि अहिले भने जनमतका कुशवाहा अगाडि आएका छन्। उनले ६०१ मत पाएका छन्।

दोस्रो नम्बरमा झरेका यादवले ५७१ मत पाएका छन्। नेकपा (एमाले)का उम्मेदवार पुरुषोत्तम पौडेलले ५१० मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल चौथो नम्बरमा छन्। खरेलले २३६ मत पाएका छन्।

यो क्षेत्रमा १ लाख पाँच हजार २४८ मतदाता छन्, जसमध्ये ६५ प्रतिशत मतदान भएको छ।

प्रकाशित: Apr 24, 2023| 15:50 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्