तनहुँ- तनहुँ क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन्।
२१ वडाको २९ हजार ८०२ मतगणना गर्दा वाग्लेले १५ हजार १३५ मत प्राप्त गरेका छन्।
यस्तै नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३१ मत प्राप्त गर्दा नेकपा एमालेका सर्वेन्द्र खनालले ५ हजार मत प्राप्त गरेका छन्। तनहुँ १ मा गएरातिदेखि मतगणना सुरु भएको थियो।